त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित : Icon Khabar

काठमाडौं, साउन १५ । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ ।

परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ कार्यक्रमअन्तर्गत साउन १५ गते सञ्चालन हुने भनिएको ‘बजार व्यवस्थापन’ विषयको परीक्षा स्थगित गरेको जनाएको हो ।

विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो । स्थगित विषयको परीक्षा तालिका यथाशिघ्र प्रकाशित गरिने सूचनमा उल्लेख छ ।

११ वटा परीक्षा केन्द्रहरू बाहेकका परीक्षा केन्द्रहरुमा भने पुर्वनिर्धारित तालिका बमोजिमनै परीक्षा संचालन हुने सूचनामा उल्लेख गरिएको छ ।

Published Date: 31 July 2026
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक