संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता

संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता : Icon Khabar

काठमाडौं, साउन १५ । संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा चार वटा र राष्ट्रिय सभामा दुइ वटा विधेयक दर्ता भएको छ ।

प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक र संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक दर्ता भएको हो ।

राहदानी (पहिलो संशोधन) विधेयक परराष्ट्र मन्त्रालयले ल्याएको हो । यसमा अन्तर्राष्ट्रिय मान्यताअनुसार राहदानी जारी गर्ने, अस्थायी, कुटनीतिक तथा विशेष राहदानीसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्ने, राहदानीको वितरण प्रक्रियालाई सेवाग्राहीमुखी बनाउने उदेश्य राखेको छ ।

राहदानी रद्द नगर्ने, जारी नगर्ने वा रोक्का राखे प्रक्रियालाई स्पष्ट पारी हाल कायम रहेको द्विविधा हटाई सहज र व्यावहारिक बनाउन विधेयक ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक महिला, बालबालिका, लैंगिकक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा खनिज पदार्थ विधेयक ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक ल्याएको छ ।

राष्ट्रिय सभामा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक दर्ता भएको छ । पशु रोग (नियन्त्रण) विधेयक कृषि वन तथा पर्यावरण मन्त्रालय ले ल्याएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक ल्याएको छ । यी ६ वटै विधेयक बिहीबार संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै रुपमा दर्ता भएका हुन् ।

Published Date: 31 July 2026


ताजा
त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित
संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु