बुधबार नेप्से १४ अंकले बढ्यो

बुधबार नेप्से १४ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ३१ । सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १४ अंकले बढेर २ हजार ५९०.२९ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३६२ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १९१ कम्पनीका सेयरमूल्य बढेका छन् भने ६४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ८४ लाख ६९ हजार ११० कित्ता सेयर ४ अर्ब १६ करोड ४३ लाख ३४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ५१ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये लगानी समूहको परिसूचकमा गिरावट आएको छ भने म्युचुअल फण्ड समूहको परिसूचक स्थिर रहेको छ ।

अरु बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहका परिसूचक १.३७ प्रतिशतले बढेको छ । एनएमवी डिवेञ्चर, नारायणी डेभलपमेन्ट बैंक तथा थ्रीस्टार हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने उपकार लघुवित्त वित्तीय संस्था, एनआईविएल स्टेवल फण्ड तथा एनआईसी एसिया सेलेक्ट फण्डका सेयरधनी रहेका छन् ।

Published Date: 15 July 2026










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड