आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार ३२ । आज २०८३ असार ३२ गते बिहीबार, तद्अनुसार १६ जुलाई २०८३ । आज असार शुक्ल द्वितीया, सिद्धि कौलव अश्लेषा, सूर्योदय बिहानः ०५ः१८ बजे, सूर्यास्त साँझः १९ः०१ बजे ।

आजको राशिफल

मेष राशि: मेष राशि भएकाहरुको टाढाको यात्राको योजना बन्न सक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । वरिष्ठ व्यक्तिहरूको मार्ग दर्शन पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । धन आर्जन सजिलो हुनेछ । शुभ रंग गुलावी हो भने शुभ अंक ९ रहेको छ ।

वृष राशि: वृष राशि भएकाहरुको प्रतिस्पर्धा बढ्ने छ । आवश्यक वस्तु समय मै नपाइने सम्भावना छ । बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट दुःख हुन सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।

मिथुन राशि: मिथुन राशि भएकाहरुको प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । आम्दानीका स्रोतहरूमा वृद्धि हुन सक्छ । व्यवसाय राम्रोसँग चल्ने छ । प्रसन्नता रहने छ । शुभ रंग बदामी हो भने शुभ अंक ३ रहेको छ ।

कर्कट राशि: कर्कट राशि शुभ समाचारहरू प्राप्त हुनेछन् । आत्म विश्वास बढ्ने छ । जोखिम उठाउने साहस आउने छ । दाजुभाइको सहयोग पाइने छ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरुको आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । पारिवारिक चिन्ता यथावत रहन सक्छ । रोजगारी प्राप्तिको प्रयास सफल हुनेछ । आकस्मिक लाभ मिल्न सक्छ । शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरुको लगानी शुभ रहने छ । व्यापारमा वृद्धि हुनेछ । भाग्यले साथ दिनेछ । नयाँ काम गर्ने इच्छा जाग्ने छ । मन प्रसन्न रहने छ । सामाजिक कार्यमा रुचि बढ्ने छ । मेहनतको राम्रो फल प्राप्त हुनेछ । मान–सम्मान मिल्ने छ । परिवारको सहयोग प्राप्त हुनेछ । मनोरञ्जनका अवसर मिल्ने छन् । जोखिमपूर्ण कामबाट टाढा रहनु होला ।

तुला राशि: तुला राशि राशि भएकाहरुको व्यवसाय लाभदायक रहने छ । लगानी शुभ हुनेछ । साहस र प्रतिष्ठामा वृद्धि हुनेछ । उत्साहजनक समाचार प्राप्त हुनेछ । विलासिताका सामग्रीमा खर्च बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । परिवार र मित्रहरूसँग रमाइलो समय बित्ने छ । शत्रु पराजित हुनेछन् ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुको मन प्रसन्न रहने छ । भाग्यले साथ दिनेछ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । उपहार तथा सम्मान मिल्न सक्छ । यात्रा लाभदायक हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना छ । रोजगारीको अवसर प्राप्त हुनेछ । ठूलो समस्याको समाधान निस्किने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

धनु राशि: धनु राशि भएकाहरुलाई लाभ हुनेछ । जागिरमा कामको चाप बढ्ने छ । आलस्य नगर्नु होला । बहुमूल्य वस्तु सुरक्षित राख्नु होला । यात्रामा सामान बिर्सन सकिने सम्भावना छ । अनावश्यक खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहन सक्छ । लापरवाही नगर्नु होला । बनेका काम बिग्रिन सक्छन् । विवेक प्रयोग गर्नु होला ।

मकर राशि: मकर राशि भएकाहरुको व्यापारमा वृद्धि हुने योग छ । साझेदारको सहयोग प्राप्त हुनेछ । जागिरमा सहजता रहने छ । अड्किएको पैसा फिर्ता मिल्न सक्छ । यात्रा लाभदायक हुनेछ । ठूलो समस्यासँग सामना हुन सक्छ । व्यवसायमा बढी ध्यान दिनु पर्नेछ । आफ्नै व्यक्तिको व्यवहारले दुःख दिन सक्छ । कानुनी समस्या आउन सक्छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुको मन प्रसन्न रहने छ । सफलता प्राप्त गर्न बढी मेहनत गर्नु पर्नेछ । जागिरमा अधिकार बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । सुख–सुविधामा खर्च बढ्ने छ । स्वास्थ्यमा ध्यान दिनु होला । सामाजिक प्रतिष्ठा बढ्ने छ । योजना सफल हुनेछन् । ठूलो समस्याको समाधान अचानक निस्किन सक्छ ।

मीन राशि: मीन राशि भएकाहरुको रोकिएका काममा गति आउने छ । तन्त्र–मन्त्र तथा अध्यात्मप्रति रुचि बढ्ने छ । सत्संगको लाभ मिल्ने छ । कानुनी सहयोग प्राप्त हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर बजारबाट फाइदा मिल्न सक्छ । घर–बाहिर सम्मान बढ्ने छ । व्यापारमा वृद्धि हुनेछ । भाग्यले साथ दिनेछ ।

Published Date: 16 July 2026










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड