मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ३० । मंगलबार नेप्से परिसूचक ६.११ अंक बढेर २५७६.२९ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३८३ स्टकको ५३ हजार ८५४ पटकको कारोबारमा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन पनि ऋणपत्रहरुको कारोबारले कारोबार रकम बढाएको हो।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन ०.१८ प्रतिशत घटेको हो।

Published Date: 14 July 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान