नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी

नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी : Icon Khabar

काठमाडौं, असार २९ । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।

उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् ।

चालकले गाडी त्यहाँ पार्किङ गरेर नेपाल प्रहरीकै गाडी चडेर गएको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।

यसअघि सोमबार बिहानैदेखि यसैगरी अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यसैगरी शंकास्पद गाडी पार्किङ गरिएका थिए । ती गाडी प्रहरीले क्रेनको मद्दतले हटाइसकेको छ ।

Published Date: 13 July 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड