भक्तपुर नगरपालिकाको २०औं नगरसभा सम्पन्न

भक्तपुर नगरपालिकाको २०औं नगरसभा सम्पन्न : Icon Khabar

भक्तपुर, असार ३० । भक्तपुर नगरपालिकाको २०औं नगरसभा सोमबार सम्पन्न भएको छ। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अन्तिम बैठकले लेखा समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८३/८४ को खरिद गुरुयोजना तथा वार्षिक खरिद योजना, कर तथा गैरकर राजस्व सम्बन्धी ऐन–२०८३, जग्गा एकीकरण आयोजनासम्बन्धी प्रस्ताव, कर्मचारी म्याद थप, तलबी प्रतिवेदन तथा विभिन्न विकास निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

सभाले भौतिक पूर्वाधार तथा निर्माण मापदण्डसम्बन्धी विनियम, २०६० मा नयाँ व्यवस्था थप गर्ने प्रस्ताव पनि पारित गरेको छ।

नगरप्रमुख प्रजापतिले नगरसभा सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै जनप्रतिनिधि र कर्मचारीले जनहितलाई केन्द्रमा राखेर पारदर्शी, उत्तरदायी र प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका छन्।

बैठकमा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले २०औं नगरसभाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए।

Published Date: 14 July 2026