सोमबार नेप्से छब्बिस सय बिन्दुबाट तल झर्यो

सोमबार नेप्से छब्बिस सय बिन्दुबाट तल झर्यो : Icon Khabar

काठमाडौँ, असार २९ । सेयरबजार परिसूचक नेप्से छब्बिस सय बिन्दुबाट तल झरेको छ । आज नेप्से ३०.६० अंकले घटेर २ हजार ५७०.१८ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३६८ कम्पनीका सेयर कारोबार भएको छन् । यी मध्ये २२ कम्पनीका सेयरमूल्य बढेका छन् भने २४९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम शुक्रबारको तुलनामा ९ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक नकारात्मक रहेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २.३० प्रतिशतले घटेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिवेञ्चरमा लगानीकर्ता तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने उपकार लघुवित्त वित्तीय संस्था, वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी तथा दिव्यश्वरी हाइड्रोपावर कम्पनीका सेयरधनी रहेका छन् ।

Published Date: 13 July 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड