काठमाडौँ, असार २९ । काठमाडौंका कान्तिपुर, अनलाइनखबर, हिमालय टीभी, बाह्रखरीलगायत विभिन्न मिडिया हाउसका कार्यालयअगाडि बेवारिसे अवस्थामा निजी गाडी छोडिएको भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ५–७ स्थानबाट यस्ता गाडीबारे सूचना प्राप्त भएको छ। ट्राफिक प्रहरीसँग समन्वय गरी गाडी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाडी किन र कसले छोड्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।
Published Date: 13 July 2026