विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट

विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट : Icon Khabar

काठमाडौं, असार २३ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ को प्रतिस्पर्धामा बेल्जियमले सह-आयोजक अमेरिका माथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सियाटलस्थित लुमेन फिल्डमा मंगलबार बिहान सम्पन्न खेलमा बेल्जियमले सुरुदेखि अन्त्यसम्म उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई प्रतियोगिताबाट बाहिर पठायो।

खेलको नवौँ मिनेटमै चार्ल्स डे केटलारेले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। अमेरिकाले ३१औँ मिनेटमा मालिक टिलम्यानको आकर्षक फ्रिकिकमार्फत बराबरी गोल फर्काएपछि खेल केही समय रोमाञ्चक बनेको थियो। तर, अमेरिकाको खुसी दुई मिनेटमै समाप्त भयो। डे केटलारेले ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए र पहिलो हाफ २–१ को अवस्थामा सकियो।

दोस्रो हाफमा बेल्जियमले खेलमाथि आफ्नो नियन्त्रण थप मजबुत बनायो। ५७औँ मिनेटमा हान्स भानाकेनले गोल गर्दै टोलीको अग्रता ३–१ पुर्‍याए। त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले अर्को गोल थप्दै बेल्जियमको ४–१ को शानदार जित सुनिश्चित गरे।

घरेलु समर्थकको उल्लेखनीय साथ पाए पनि अमेरिकाले रक्षापंक्तिको कमजोरी सुधार्न सकेन। आक्रमणमा पनि अपेक्षित प्रभाव देखाउन नसक्दा सह-आयोजक राष्ट्रको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ।

यससँगै विश्वकप २०२६ का तीनै सह-आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिको नकआउट चरणको पहिलो खेलबाटै बाहिरिएका छन्। बेल्जियमले अब जुलाई १० मा लस एन्जलस स्टेडियममा हुने क्वार्टरफाइनलमा स्पेनसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

Published Date: 07 July 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली