अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा

अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, असार २३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ–१६ को अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। इन्जुरी समयमा गरिएको निर्णायक गोलसँगै स्पेनले १६ वर्षपछि विश्वकपको अन्तिम आठमा पुग्ने उपलब्धि हासिल गरेको हो।

अमेरिकाको डलासमा सम्पन्न खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेका थिए। स्पेनले बलमा बढी नियन्त्रण कायम राख्दै लगातार आक्रमण बुने पनि पोर्चुगलको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दा निर्धारित ९० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न सकेन।

खेल अतिरिक्त समयमा प्रवेश गर्ने लगभग निश्चित भइसकेको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनो स्पेनका नायक बने। उनले गरेको उत्कृष्ट प्रहार नै खेलको एकमात्र गोल बन्यो, जसले स्पेनलाई क्वाटरफाइनलको टिकट दिलायो।

यस जितसँगै स्पेनले १६ वर्षको प्रतीक्षा अन्त्य गरेको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकपको उपाधि जितेपछि स्पेन त्यसयताका संस्करणहरूमा क्वाटरफाइनल पुग्न असफल रहँदै आएको थियो।

यता, अन्तिम समयमा गोल बेहोरेपछि क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै समाप्त भएको छ। उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएको पोर्चुगल प्रतियोगिताबाट बाहिरिँदा स्पेन भने प्रभावशाली लयलाई निरन्तरता दिँदै उपाधितर्फ थप एक कदम अघि बढेको छ।

Published Date: 07 July 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली