मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार २३ । सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से २४.५७ अंकले बढेर २ हजार ६५१.६८ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५२ कम्पनीका सेयर कारोबार भएको छ । ती मध्ये २१० कम्पनीका सेयरमूल्य बढेका छन् भने ५७ कम्पनीका सेयरमूलयमा गिरावट आएको छ ।

आज कुल ९५ लाख १९ हजार ४५२ कित्ता सेयर ४ अर्ब ४० करोड ७ लाख ५३ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा २४ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.८९ प्रतिशतले बढेको छ ।

कालङ्गा हाइड्रो, राष्ट्रिय वाणिज्य बैंकको डिवेञ्चरमा लगानीकर्ता तथा सानीगाड हाइड्रोका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिवेञ्चरमा लगानीकर्ता तथा स्नो रिभर्स लिमिटेडका सेयरधनी रहेका छन् ।

Published Date: 07 July 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर