सोमबार नेप्से परिसूचक २६.२९ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २६.२९ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार २२ । साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से २६.२९ अंकले घटेर २ हजार ६२७.११ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५६ कम्पनीका सेयर कारोबार भएका छन् ।

ती मध्ये ३४ कम्पनीका सेयरमूल्य बढेका छन् भने २३९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल ७५ लाख ४० हजार ४१८ कित्ता सेयर ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँमा किनबेच भएको छ । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ३.१५ प्रतिशतले घटेको छ । स्नो रिभर्स लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड तथा कालङुगा हाइड्रो लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाउका छन् । सबैभन्दा बढी गुमाउनेमा भने थ्री स्टार हाइड्रोपावर लिमिटेड, नेपाल फाइनान्स तथा खानीखोला हाइड्रोपावर लिमिटेडका सेयरधनी रहेका छन् ।

Published Date: 06 July 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर