सार्वजनिक स्थलमा महिलासामु गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ

सार्वजनिक स्थलमा महिलासामु गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ : Icon Khabar

ललितपुर, असार २२ । ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलासामु गोप्य अङ्ग प्रदर्शन गर्ने ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्।

प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भएका भट्ट हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्। पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।

हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Published Date: 06 July 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली