पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा

वर्षौंदेखि सिन्दूर र पानी चढाउने तथा हातले रगड्ने प्रचलनका कारण मूर्तिको मूल स्वरूप बिग्रिँदै

पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा : Icon Khabar

भक्तपुर, असार २२ । भक्तपुर दरबार क्षेत्रका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मूर्तिहरू पूजाआजाका क्रममा प्रयोग हुने सिन्दूर, अबिर, पानी, दूध, घिउ लगायतका सामग्रीका कारण क्रमशः क्षति पुग्दै गएको भन्दै सम्पदा संरक्षणमा तत्काल ध्यान दिनुपर्ने आवाज उठेको छ।

विशेषगरी विश्वप्रसिद्ध लुँध्वाका (गोल्डेन गेट) परिसरमा रहेका भैरव र भैरवीका मूर्तिमा वर्षौंदेखि सिन्दूर र पानी चढाउने तथा हातले रगड्ने प्रचलनका कारण मूर्तिको मूल स्वरूप बिग्रिँदै गएको बताइएको छ। यसले मूर्तिको शिरलगायत विभिन्न भागमा क्षति पुगेको र कलात्मक सौन्दर्यसमेत प्रभावित भएको सरोकारवालाको भनाइ छ।

त्यसैगरी न्हेकंझ्या दरबारको मुख्य प्रवेशद्वारमा रहेको नरसिंहको मूर्तिमा पनि अबिर, पानी, दूध, घिउ चढाउने तथा खुट्टा छोएर वा दल्दा शारीरिक पीडा निको हुने धार्मिक विश्वासका आधारमा हुने गतिविधिका कारण मूर्तिमा क्षति बढ्दै गएको जनाइएको छ।

सम्पदा संरक्षणकर्मीहरूले धार्मिक आस्था कायम राख्दै ऐतिहासिक मूर्तिको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले गर्भगृह बाहिरबाट दर्शन गर्ने व्यवस्था प्रभावकारी बनाउने, प्रत्यक्ष रूपमा मूर्तिमा विभिन्न सामग्री चढाउने तथा छोने कार्यलाई निरुत्साहित गर्ने र सम्पदा संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

– जीआर रंजितको लेखबाट साभार

Published Date: 06 July 2026
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय