प्रतिनिधिसभामा सांसद रुकेश रंजितले उठाए कोटेश्वर ट्राफिक जामको विषय

प्रतिनिधिसभामा सांसद रुकेश रंजितले उठाए कोटेश्वर ट्राफिक जामको विषय : Icon Khabar

काठमाडौं, असार २२ । प्रतिनिधिसभाको आज बसेको बैठकमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का सांसद रुकेश रंजितले कोटेश्वर क्षेत्रमा दिनहुँ हुने ट्राफिक जाम र सवारी चापको समस्या उठाउँदै यसको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

रंजितले कोटेश्वरको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन फ्लाईओभर र अण्डरपास निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गरेका छन्।

उनले कोटेश्वरको ट्राफिक जामका कारण सर्वसाधारण, विद्यार्थी, कर्मचारी तथा व्यवसायीले दैनिक रूपमा सास्ती खेप्नुपरेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारले प्राथमिकताका साथ आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

Published Date: 06 July 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर