नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापागाईंले दिए पदबाट राजीनामा

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापागाईंले दिए पदबाट राजीनामा : Icon Khabar

काठमाडौँ, असार २२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।

सीईओ चापागाईले सोमवार बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् । आफ्नो कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनले बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री समक्ष राजीनामा बुझाएको रातोपाटीलाई जानकारी दिए । उनले सरकारको दबाब र अन्य कुनै विषय नभई आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताए ।

चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए । सरकारले अध्यादेश मार्फत विगतका नियुक्त खारेज गरे पनि उनी कायम रहेका थिए ।

नियुक्ति भएको केही समयमै उनले पदबाट राजीनामा गरेका हुन् । अब अर्थ मन्त्रालयले नयाँ सीईओ नियुक्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ ।

Published Date: 06 July 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर