लगातार दोस्रो दिन सुन–चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ९०० रुपैयाँ सस्तो

लगातार दोस्रो दिन सुन–चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ९०० रुपैयाँ सस्तो : Icon Khabar

काठमाडौँ, असार २२ । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर चार हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला चार हजार ६०५ रुपैयाँमा किनबेच भएको थियो।

पछिल्ला दुई दिनदेखि नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य निरन्तर ओरालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव स्वदेशी बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।

Published Date: 06 July 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर