बिहीबार नेप्से परिसूचक ८.७८ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ८.७८ अंकले बढ्यो : Icon Khabar

काठमाडौ, असार १८ । सेयरबजार परिसूचक नेप्सेमा सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २ हजार ६६१.७१ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३५९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १०८ कम्पनीका सेयरमूल्य बढेका छन् भने १५२ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ८९ लाख ६४ हजार २२३ कित्ता सेयर ४ अर्ब ११ करोड ७७ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा ७ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, वित्त, जीवन बीमा, लघुवित्त तथा म्युचुअल फण्ड समूहका परिसूचक सकारात्मक रहेका छन् ।

विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक भने ओरालो लागेका छन् । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, कालङ्गा हाइड्रो तथा स्नो रिभर्स लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने एनआईसी एसियाको डिवेञ्चरमा लगानीकर्ता, भुजुङ हाइड्रोपावर लिमिटेड तथा सामुदायिक लघुवित्त वित्तीय संस्ताका सेयरधनी रहेका छन् ।

Published Date: 02 July 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर