सूर्यविनायक–९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सूर्यविनायक–९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा : Icon Khabar

भक्तपुर, असार १८ । सूर्यविनायक नगरपालिका वडा नं. ९ (नंखेल) लाई नेपाल सरकारको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसारका ५१ सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।

घोषणा कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले वडा अध्यक्ष भगवान खत्रीलाई घोषणा पत्र हस्तान्तरण गरे। नगरपालिकाले सबै वडामा आवश्यक सूचक पूरा गरेसँगै अब प्रदेशस्तरीय अनुगमनपछि आगामी भदौभित्र सूर्यविनायक नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको नगर प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए।

कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराई, जिल्ला समन्वय समिति भक्तपुरकी कार्यवाहक प्रमुख सुजाता वाडे बैद्य लगायतको सहभागिता रहेको थियो। विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका थिए भने अभियानमा सहयोग गर्ने विद्यालय, स्वास्थ्य संस्था, सञ्चारकर्मी, सहकारी, खानेपानी समिति, रेडक्रस, टोल सुधार समिति तथा अन्य संघसंस्थालाई कदरपत्र प्रदान गरिएको थियो।

Published Date: 02 July 2026