पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”

पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन” : Icon Khabar
तिनकुने गैरीगाउँस्थित एक पेट्रोल पम्प तस्बिर: निश्चल श्रेष्ठ

काठमाडौँ, असार १७ । काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्प आज बन्द रहेपछि सर्वसाधारणले इन्धन अभावको समस्या भोग्नुपरेको छ। गएराती पेट्रोलियम पदार्थको मूल्य घटेपछि नै आज “पेट्रोल छैन”भन्ने बोर्ड राखेर पम्पहरु बन्द भएका हुन्।

ठूलो परिमाणमा इन्धन भण्डारण गर्ने र मूल्य घट्ने निर्णय भएपछि नेपाल आयल निगमबाट नयाँ आपूर्ति नल्याउने प्रवृत्ति दोहोरिएको भन्दै उपभोक्ताले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

उपभोक्ता अधिकारकर्मीहरूका अनुसार यस्तो कार्यले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई प्रत्यक्ष रूपमा मर्कामा पार्ने भएकाले यसलाई उपभोक्ता हितविपरीतको गतिविधि मान्न सकिन्छ। यस्तो गतिविधिमा संलग्न व्यक्ति तथा संस्थामाथि निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग पनि उठेको छ।

यसैबीच, पेट्रोलपम्प सञ्चालकहरूले जानाजानी आपूर्ति रोकेका हुन् वा होइनन् भन्ने विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।

उपभोक्ताले प्रश्न उठाएका छन्—यदि कृत्रिम अभाव सिर्जना गरिएको हो भने त्यसमा संलग्न कर्मचारी र पेट्रोलपम्प सञ्चालकमाथि के कारबाही हुन्छ?

Published Date: 01 July 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली