पाँच सूत्रीय मागसहित चुरे तथा वनजंगल संरक्षण अभियानद्वारा पुनः आन्दोलन

पाँच सूत्रीय मागसहित चुरे तथा वनजंगल संरक्षण अभियानद्वारा पुनः आन्दोलन : Icon Khabar

जनकपुरधाम, फागुन १२ ।  चुरे तथा वनजंगल संरक्षण अभियानले पाँच सुत्रीय माग राख्दै आन्दोलन सुरु गरेको छ ।

चुरे र वन संरक्षणको माग गर्दै सयौँको सङ्ख्यामा रहेका आन्दोलनकर्ताहरू जनकपुरधामको मुरली चोकबाट प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेर्न पुगेका थिए । खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेस सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने, भूमिहीन तथा सुकुम्वासीको आवासको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी समस्या हल गर्नु पर्ने लगायतको माग राख्दै पुन आन्दोलन थालेकोको अभियानको राष्ट्रिय संयोजक सुनिलकुमार यादवले भने ।उनले पटक–पटक आन्दोलन गर्दा पनि माग पूरा नभएकाले बाध्य भएर पुनः धर्ना सुरु गरेको बताए ।

मागप्रति सङ्घ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले अब आन्दोलन निष्कर्षमा नपुगेसम्म नरोकिने अभियानका संरक्षक सरोज यादवले जानकारी दिए ।

Published Date: 24 February 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी