सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार ९ । सोमबार नेप्से परिसूचक १.४६ अंक घटेर २७००.६५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा ३५३ स्टकको ९० हजार ८६२ पटकको कारोबारमा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँबराबरको ८१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यी दुबै कम्पनीहरुको गत शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका हुन्। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३० करोड रुपैयाँ नाघेको छ भने करिब २९ करोड रुपैयाँको १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। अंकका आधारमा यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५६.२१ अंक घटेको छ।

Published Date: 23 June 2026


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी