असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै

असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै : Icon Khabar

काठमाडौं, असार ९ । कृषि विभागका अनुसार असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ भएको छ। त्यसमा पनि देशको अन्न भण्डार मानिने मधेस प्रदेश र लुम्बिनी प्रदेशमा अझै रोपाइँ सुरु भएको छैन।

विभागका प्रवक्ता राजेन्द्र कोइरालाका अनुसार अहिलेसम्म ६ हजार ७ हेक्टरमा रोपाइँ भएको छ । नेपालको कुल रोपाइँ हुनुपर्ने क्षेत्रफल १३ लाख ८८ हजार ६३५ हेक्टर हो।

उनले भने, ‘प्रदेशगत रुपमा सबैभन्दा बढी रोपाइँ कर्णाली प्रदेशमा भएको छ। कर्णालीमा असार ८ गतेसम्म २२.८ प्रतिशत रोपाइँ सकिएको छ। कर्णालीमा कम क्षेत्रफलमा रोपाइँ हुने र खोला र मूलको पानीले नै रोप्ने हुँदा रोपाइँको प्रगति राम्रो देखिएको हो। सुदूरपश्चिचमा ९.४, गण्डकीमा ८.४, कोसीमा ८.३ र बागमतीमा ३.२ प्रतिशत रोपाइँ भएको छ । मधेश र लुम्बिनीको तथ्यांक प्राप्त भएको छैन।’

कृषि विभागले सार्वजनिक गरेको दुई वर्षको तथ्यांक हेर्दा यस वर्ष विगतको तुलनामा निकै न्यून रोपाइँ भएको देखिन्छ। गत वर्ष असार ८ गतेसम्म १३.३ प्रतिशत रोपाइँ भएको थियो भने २०८१ मा ९.८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

ग वर्ष असार १५ गतेसम्म २०.३ प्रतिशत रोपाइँ भएको थियो भने २०८१ मा २१.३ प्रतिशत रहेको थियो। यस वर्ष भने एल नीनोका कारण देशभर पानी नपर्दा धान रोपाइँ कम भएको छ भने तराईमा अझै सुरु भएको छैन।

Published Date: 23 June 2026


ताजा
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै
नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी