नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ

नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ : Icon Khabar

भक्तपुर, असार ९ । भक्तपुर नगरपालिका–१ नगरकोटमोड क्षेत्रमा सामान्य विवादपछि भएको झै–झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शनिबार राति करिब १० बजे भएको घटनामा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइली गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी रुरुक्षेत्र गाउँपालिका घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवर रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Published Date: 23 June 2026


ताजा
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै
नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी