काठमाडौं, असार ९ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १४० रुपैयाँले सस्तो भई प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Published Date: 23 June 2026