सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न

सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असार ८ । सूर्यविनायक, भक्तपुरस्थित आर्गस एजुकेशन भक्तपुरले सिथि नखः पर्वको अवसरमा विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सोमबार आयोजना गरेको छ। सोमबार दिउँसो सूर्यविनायकस्थित कार्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा नेवारी परिकारहरू वः, चटामरी, माल्पा लगायतका परम्परागत खानाको स्वाद लिइएको थियो। सहभागीहरूले नेवारी संस्कृतिको झल्को दिने विभिन्न परिकारको आनन्द लिनुका साथै आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाएका थिए।

त्यसैगरी, कार्यक्रमअन्तर्गत ‘ह्विल अफ फर्च्युन’ तथा प्रश्नोत्तरी (क्विज) प्रतियोगिता समेत सञ्चालन गरिएको थियो। प्रतियोगिताले सहभागीहरूमा उत्साह थप्नुका साथै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

विदेशका विभिन्न विश्व विद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको यस संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ।

विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्यु जिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा आफ्नो सेवा दिदै आएको छ।

IELTS अनि PTE कक्षा र Study Abroad को बारेमा थप जानकारी प्राप्त गर्न इच्छुक विद्यार्थीले आर्गस एजुकेशन भक्तपुरको सम्पर्क नं: ०१-५९२४०१४, ९७०५१५०७४१ मा सम्पर्क गर्न सकिनेछ अथवा शनिबार बाहेक हरेक दिन बिहान ७ बजेदेखि अपरान्ह ६ बजेसम्म कार्यालय भिजिट पनि गर्न सकिनेछ।

Published Date: 22 June 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी