मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न

मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असार ८ । भक्तपुरको सिर्जनानगर–१ स्थित मोडर्न स्कूल/कलेजले शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा शैक्षिक वातावरणसँग परिचित गराउने उद्देश्यले भव्य अभिमुखीकरण (ओरियन्टेशन) कार्यक्रम गत शनिबार सम्पन्न गरेको छ। कलेज परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा चर्चित मोटिभेसनल स्पिकर रबिन कटवालले विद्यार्थी र अभिभावकहरूलाई सम्बोधन गर्दै सकारात्मक सोच, अनुशासन, आत्मविश्वास र लक्ष्यप्रति प्रतिबद्धताको महत्वबारे प्रकाश पारे। उनले सफलता प्राप्त गर्न निरन्तर मेहनत, सही मार्गदर्शन र दृढ संकल्प आवश्यक हुने बताउँदै विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गरी अघि बढ्न प्रेरित गरेका थिए।

कार्यक्रममा मोडर्नका संस्थापक अध्यक्ष बाबुकाजी कसपालको सभापतित्व रहेको थियो। साथै कलेजका प्राचार्य अनिल कसपाल, मोडर्न बोर्डिङ सेकेन्डरी स्कुलका प्राचार्य राजन कसपाल, उप–प्राचार्य साजन कसपाल तथा एकेडेमिक को-अर्डिनेटर शशी कसपाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा सभापति बाबुकाजी कसपालले औपचारिक उद्घाटन गरेका थिए। स्वागत नृत्यमार्फत नवआगन्तुक विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक स्वागत गरिएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक सांस्कृतिक कार्यक्रमहरूले समारोहलाई थप उल्लासमय बनाएका थिए।

कार्यक्रमका क्रममा विद्यालय तथा कलेजका प्रशासक, शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको थियो। साथै समयपालनमा उत्कृष्ट विद्यार्थी, राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विभिन्न क्षेत्रमा विशेष उपलब्धि हासिल गरेका प्रतिभाहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, टीका र खादा प्रदान गरी सम्मान गरिएको थियो।

यसै अवसरमा राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन संकायतर्फ ३.९६ जीपीए प्राप्त गरी नेपालमै उत्कृष्ट नतिजा हासिल गर्ने बुमिरा माकाजु, डेविड बोगटी र एकता कार्कीलाई विशेष सम्मान गरिएको थियो।

सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमको प्रमुख आकर्षण बनेका थिए। विद्यार्थीहरूले स्वागत फ्लिप, कविता वाचन, परम्परागत नृत्य, अभिनय तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने प्रस्तुतिहरूले उपस्थित दर्शकहरूको मन जित्नुका साथै विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभालाई उजागर गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य अनिल कसपालले मोडर्न स्कूल/कलेजले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य तथा व्यावहारिक ज्ञानलाई केन्द्रमा राखेर शिक्षण–सिकाइ गतिविधि सञ्चालन गर्दै आएको बताए। उनले विद्यार्थीहरूलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह गरे।

कार्यक्रमको अन्त्यतिर विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू आयोजना गरिएको थियो। साथै ‘डेयर टु परफर्म’ कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विशेष उपहारको व्यवस्था पनि गरिएको थियो।

मोडर्न स्कूल/कलेजद्वारा आयोजित उक्त अभिमुखीकरण कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै संस्थाप्रति अपनत्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।

Published Date: 22 June 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी