आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, असार ९ । आज २०८३ असार ९ गते मंगलबार, तद्अनुसार २३ जुन २०२६ । आज जेठ शुक्ल नवमी, वरियान कौलव हस्ता, अन्तर्राष्ट्रिय एकल महिला दिवस, सूर्योदय बिहानः ०५ः०९ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।

वृष: चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उल्झन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।

मिथुन: कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् ।

कर्कट: प्रतियोगिता वा प्रतिस्पद्र्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ ।

सिंह: कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ ।

कन्या: कन्या राशि भएकाहरुलाई पारिवारिक सदस्यहरूको सहयोग प्राप्त हुनेछ । खुशी बढ्ने छ । विशेष व्यक्तिको सहयोग मिल्नेछ । व्यापार लाभदायक रहने छ । शारीरिक समस्या आउन सक्छ । हतारले हानि पुर्याउन सक्छ । जोखिमपूर्ण काम नगर्नु होला । धन प्राप्ति सहज हुनेछ ।

तुला: तुला राशि भएकाहरुलाई वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ । भाग्यले साथ दिनेछ । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । धन लाभ सहज हुनेछ । शत्रुहरू परास्त हुनेछन् । कसैको कुरा सजिलै विश्वास नगर्नु होला । मन प्रसन्न रहने छ । स्थायी सम्पत्तिसम्बन्धी कामबाट लाभ हुनेछ । ठूलो समस्याको समाधान सहजै प्राप्त हुन सक्छ ।

वृश्चिक: वृश्चिक राशि भएकाहरुले मनपर्ने भोजनको आनन्द लिन पाउने छन् । पार्टी वा पिकनिकको आयोजना हुन सक्छ । जागिरमा कामको प्रशंसा हुनेछ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । घर–बाहिर खुशीको वातावरण रहने छ । हतार नगर्नु होला । कुनै उत्सव अथवा रमाइलो कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ ।

धनु: धनु राशि भएकाहरुको धेरै दौडधूपले स्वास्थ्यमा असर पर्न सक्छ । आम्दानी कायम रहने छ । व्यापार–व्यवसाय लाभदायक हुनेछ । जागिरमा कामको भार बढ्नेछ । जोखिम नलिनु होला । विवाद बढाउनबाट टाढा रहनु होला । कानुनी झन्झट आउन सक्छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । नराम्रो खबर सुन्नु पर्ने सम्भावना भएकाले धैर्य राख्नु होला ।

मकर: मकर राशि भएकाहरुको सामाजिक प्रतिष्ठा बढ्ने छ । घर–बाहिर मान सम्मान मिल्ने छ । आर्थिक कारोबारमा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । व्यापार सामान्य रूपमा चल्ने छ । लाभका अवसर प्राप्त हुनेछन् । भाग्यले साथ दिनेछ । समयको सदुपयोग गर्नु होला । साथीहरूलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । मेहनतको फल मिल्नेछ ।

कुम्भ: कुम्भ राशि भएकाहरुको ठूलो काम गर्ने योजना बन्न सक्छ । आत्म सम्मान कायम रहने छ । व्यापार लाभदायक हुनेछ । घर परिवारमा शुभ तथा मांगलिक कार्यक्रम हुन सक्छ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । उत्साहजनक समाचार प्राप्त हुनेछ । घर–बाहिर खुशी रहने छ । साथीहरूसँग रमाइलो समय बित्ने छ ।

मीन: मीन राशि भएकाहरुको व्यापारमा वृद्धि हुनेछ । विरोधीहरू सक्रिय रहन सक्छन् । धन लाभ सहज हुनेछ । समय अनुकूल रहेको छ । जोखिमपूर्ण तथा जमानतसम्बन्धी काम टार्नु होला । परिवारसँग खुशीपूर्वक समय बित्ने छ । जोखिम उठाउने साहस बढ्ने छ । हतार नगर्नु होला । यात्रा रमाइलो रहने छ । ठूलो काम सम्पन्न हुँदा मन प्रसन्न हुनेछ ।

Published Date: 23 June 2026


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी