आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार ५ । आज २०८३ असार ५ गते शुक्रबार, तद्अनुसार १९ जुन २०२६ । आज जेठ शुक्ल पञ्चमी, हर्षण बव अश्लेषा, द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।

वृष: वृष राशि भएकाहरुको यात्रा, जागिर तथा लगानीबाट अपेक्षित सफलता प्राप्त हुनेछ । रोजगारीको अवसर मिल्न सक्छ । आकस्मिक लाभको सम्भावना रहे पनि जोखिमपूर्ण कार्यबाट टाढा रहनु राम्रो हुनेछ । धार्मिक कार्यप्रति रुचि बढ्ने छ, जसले आत्मबल उच्च बनाउने छ । मिलनसार तथा धैर्यवान स्वभावले जीवनमा आनन्द थप्ने छ । लामो समयदेखि रोकिएको रकम प्राप्त हुने योग छ ।

मिथुन राशि: मिथुन राशि भएकाहरुलाई विवादका कारण तनाव उत्पन्न हुन सक्छ । अनावश्यक खर्च बढ्न सक्छ भने पुरानो रोगले सताउन सक्छ । जोखिमपूर्ण काम नगर्नु राम्रो हुनेछ । जीवनसाथीसँग विचारमा मतभेद हुन सक्छ । विद्यार्थीहरूका लागि परीक्षामा सफलता प्राप्त हुने सम्भावना छ । व्यापारिक सम्झौतामा सावधानी अपनाउनु आवश्यक छ । दाम्पत्य जीवन सुखद रहने छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरुको रोकिएको रकम उठाउने प्रयास सफल हुनेछ । यात्रा, जागिर तथा लगानीबाट राम्रो परिणाम प्राप्त हुनेछ । जोखिम नलिनु नै उचित हुनेछ । आजको दिन शुभ रहने सम्भावना छ । स्थायी सम्पत्तिमा वृद्धि हुनेछ । रोजगारीका अवसर प्राप्त हुनेछन् र परिवारमा खुशीको वातावरण रहने छ ।

सिंह राशि: सिंह राशि भएकाहरुलाई मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ । योजना सफल हुनेछन् र धन प्राप्ति सहज हुनेछ । प्रतिष्ठा बढ्ने छ । ऋणबाट टाढा रहनु राम्रो हुनेछ । खर्चमा कमी आउने छ । कानुनी विवाद तपाईंको पक्षमा समाधान हुने सम्भावना छ । प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ ।

कन्या राशि: कन्या राशि भएकाहरुको धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्ने छ । खुशीको वातावरण रहने छ । खरिद–बिक्रीका कार्यबाट लाभ हुनेछ । योजनाहरू सफल हुनेछन् । बौद्धिक तथा उच्च वर्गबाट सम्मान प्राप्त हुनेछ । दाजुभाइसँग सामान्य मतभेद हुन सक्छ । आफ्ना सामानको सुरक्षा गर्नु होला । चोटपटक र रोगबाट सावधानी अपनाउनु होला । कानुनी समस्याहरू समाधानतर्फ उन्मुख हुनेछन् ।

तुला राशि: तुला राशि भएकाहरुको व्यापारबाट लाभ हुनेछ । सन्तानप्रति लगाव बढ्ने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ । खराब संगतले हानि पुर्याउन सक्छ । सवारी साधन तथा मेसिनरीको प्रयोग गर्दा सावधानी अपनाउनु होला । बोलीमा संयम राख्नु आवश्यक छ । चुनौतीहरूको सामना गर्दै लक्ष्य हासिल गर्न सफल हुनु हुनेछ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुलाई सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा अनुकूलता रहने छ । व्यवसाय सामान्य रूपमा राम्रो चल्ने छ । लापरवाही नगर्नु होला । जग्गा जमिनसम्बन्धी समस्या समाधान हुने संकेत देखिएका छन् । शुभ समाचार प्राप्त हुनेछ । दिन आनन्दपूर्वक बित्ने छ । नयाँ सम्बन्धहरू लाभदायी साबित हुनेछन् ।

धनु राशि: धनु राशि भएकाहरुको सम्पत्तिसम्बन्धी कार्यबाट लाभ हुनेछ । प्रगतिको बाटो खुल्ने छ तथा मन प्रसन्न रहने छ । धैर्यता तथा शान्तिपूर्वक विवाद समाधान गर्न सकिने छ । हतार नगर्नु होला । नयाँ योजना र विचारमाथि छलफल हुनेछ । प्रतिष्ठा र सम्मानअनुसारका कार्यहरू सम्पन्न हुनेछन् ।

मकर राशि: मकर राशि भएकाहरुलाई कुनै रमाइलो कार्यक्रम अथवा उत्सवमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ । बौद्धिक कार्यमा सफलता मिल्ने छ । आर्थिक लाभ तथा धन सञ्चयको सम्भावना बलियो छ । पारिवारिक काममा ध्यान दिनु आवश्यक हुनेछ । रोकिएका काम पूरा हुँदा मन प्रसन्न हुनेछ । आर्थिक सल्लाह उपयोगी सावित हुनेछ भने ऋणसम्बन्धी चिन्ता कम हुनेछ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुको दौडधूप र व्यस्तता बढ्ने छ । बोलीमा संयम राख्नु आवश्यक छ । थकान महसुस हुन सक्छ । व्यापार–व्यवसाय सन्तोषजनक रहने छ । सम्बन्धहरूलाई महत्व दिनु राम्रो हुनेछ । कम मेहनतमै लाभ प्राप्त हुने सम्भावना छ । खर्च नियन्त्रण गर्ने प्रयास गर्नु उचित हुनेछ ।

मीन राशि: मीन राशि भएकाहरुको मेहनत अनुसारको फल अपेक्षाभन्दा कम मिल्न सक्छ । कार्यको प्रशंसा हुनेछ भने धन प्राप्ति सहज हुनेछ । मन प्रसन्न रहने छ । सन्तानको शिक्षासम्बन्धी चिन्ता हट्ने छ । व्यापार–व्यवसाय लाभदायी रहने छ । महत्वपूर्ण काम समयमै सम्पन्न गर्नु राम्रो हुनेछ । व्यावसायिक क्षेत्रमा आफ्नो उत्कृष्टताको फाइदा प्राप्त हुनेछ ।

Published Date: 19 June 2026
Website | + posts




















ताजा
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो
आज बुधबारको राशिफल
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक