बिहिबार पनि नेप्से परिसूचकमा गिरावट

बिहिबार पनि नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौँ, असार ४ । सेयरबजार परिसूचक नेप्से २७ सय विन्दुमा झरेको छ । आज नेप्से ५.०६ अंकले घटेर २ हजार ७००.४७ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३४७ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ७७ कम्पनीका सेयरमूल्य बढेका छन् भने १८१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ७७ लाख ४३ हजार ३० कित्ता सेयर ३ अर्ब ४१ करोड ४८ लाख २४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा ६ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, वित्त, लघुवित्त, म्युचुअल फण्ड तथा व्यापार समूहको परिसूचक सकारात्मक रहेका छन् ।

विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य समूहको परिसूचकमा गिरावट आएको छ । एपोलो हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स् तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने प्रभु बैंकका डिवेञ्चरमा लगानीकर्ता, ग्लोवल आईएमई ब्यालेन्स् फण्ड तथा आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ता रहेका छन् ।

Published Date: 18 June 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै