इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो

इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो : Icon Khabar

काठमाडौँ, असार ४ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन बोलाएको छ।

अख्तियारले बुधबार ‘द राइजिङ नेपाल’ मा सार्वजनिक सूचना जारी गर्दै दुई जर्मन कम्पनीलाई तोकिएको समयमा भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेको हो।

सूचनामा इ-पासपोर्ट छपाइ ठेक्का पाएका दुई जर्मन कम्पनी म्युल्बाउअर आइडी सर्भिसेस र भेरोडास कम्पनीका दुई-दुई जना प्रतिनिधिलाई उपस्थित हुन भनिएको छ।

अख्तियारले सूचना निकालेर उपस्थित हुन भनेकामा म्युल्बाउअर आइडी सर्भिसेसका गेरहार्द माउरेर र पाभ्ली राकिक छन् भने भेरोडोस कम्पनीका फाबियोला बेलरशेइम र फ्लोरियन पाकक्वेलिन छन्।

उनीहरूलाई इमेलमार्फत अख्तियारमा उपस्थित हुने समयबारे जानकारी गराइएको सूचनामा उल्लेख छ।

उक्त सूचनाको बेवास्ता गरिए नेपालको कानुन बमोजिम प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

खरिद प्रक्रियामा प्याकेज १ अन्तर्गत म्युल्बाउअर आइडी सर्भिसेसले पासपोर्टको प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमनेट सिस्टमको ठेक्का पाएको थियो।

प्याकेज २ मा भेरोडोसले पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमको ठेक्का पाएको थियो।

Published Date: 18 June 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै