फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो

फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो : Icon Khabar

काठमाडौं, असार २ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को प्रतिस्पर्धात्मक खेलमा पूर्व विश्वविजेता उरुग्वे साउदी अरेबियासँग १–१ गोलको बराबरीमा रोकिएको छ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा साउदी अरेबियाले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेलाई कडा चुनौती दिएको थियो।

खेलको पहिलो हाफमा साउदी अरेबियाले प्रभावशाली खेल प्रदर्शन गर्दै अग्रता बनायो। ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। पहिलो हाफभर साउदीको रक्षापंक्ति निकै मजबुत देखिएको थियो, जसका कारण उरुग्वेका आक्रमणकारी खेलाडीहरूले खुलेर खेल्ने अवसर पाएनन्।

दोस्रो हाफमा भने उरुग्वे आक्रामक रूपमा प्रस्तुत भयो। बराबरी गोलको खोजीमा लगातार दबाब सिर्जना गरेको उरुग्वेले खेलको ८०औँ मिनेटमा सफलता पायो। म्याक्सी अराजोले महत्वपूर्ण गोल गर्दै टोलीलाई खेलमा फर्काए।

त्यसपछि दुवै टोलीले विजयी गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।

यो नतिजासँगै समूह ‘एच’ मा नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउन दुवै टोलीका लागि आगामी खेलहरू निर्णायक बन्ने भएका छन्।

यसै समूहअन्तर्गत मंगलबार भएको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

Published Date: 16 June 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु