सोमपालसहित सात खेलाडीलाई कर्णाली याक्सले गर्‍यो रिटेन

सोमपालसहित सात खेलाडीलाई कर्णाली याक्सले गर्‍यो रिटेन : Icon Khabar

काठमाडौं, जेठ ३१ । एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्सले राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीलाई पुनः मार्की खेलाडीका रूपमा निरन्तरता दिएको छ। सोमपाल लगातार तेस्रो सिजन कर्णालीको मार्की खेलाडी रहनेछन्।

फ्रेन्चाइजले आगामी सिजनका लागि कुल सात खेलाडीलाई रिटेन गरेको छ। रिटेन हुने खेलाडीमा सोमपाल कामीसँगै गुलसन झा, नन्दन यादव, पवन सराफ, युवराज खत्री, युनिस विक्रम सिंह ठकुरी र दीपक डुम्रे रहेका छन्।

यता, गत सिजन टोलीमा रहेका अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्रीलाई भने क्लबले रिलिज गरेको छ।

कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्ल ले टोलीका सबै खेलाडी क्लबका लागि महत्वपूर्ण भए पनि प्रतियोगिताको नियमअनुसार केही खेलाडीलाई रिलिज गर्नुपर्ने अवस्था आएको बताए। उनले रिलिज गरिएका खेलाडीहरूको योगदानको प्रशंसा गर्दै आगामी अक्सनका लागि शुभकामना व्यक्त गरे।

निर्देशक मल्लले रिलिज भएका खेलाडीसहित समग्र टोलीलाई धन्यवाद दिँदै एनपीएल सिजन–३ मा कर्णाली याक्स अझ सशक्त रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे।

कर्णाली याक्सले गत सिजन लिग चरण छैटौं स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको थियो।

Published Date: 14 June 2026