अन्तराष्ट्रिय बजारमा किन ओरालो लाग्दैछ सुनको भाउ ?

अन्तराष्ट्रिय बजारमा किन ओरालो लाग्दैछ सुनको भाउ ? : Icon Khabar

काठमाडौँ, जेठ ३१ । इरानविरुद्ध अमेरिका र इजरायलले युद्ध सुरु गरेयता विश्व बजारमा सुनको मूल्य दबाबमा परेको छ। जनवरी २८ मा प्रतिट्रोय औँस ५,३०३ डलरसम्म पुगेको सुन शुक्रबार ४,२३५ डलरमा झरेको छ।

विश्लेषकहरूका अनुसार युद्धका कारण ऊर्जा मूल्य बढेर मुद्रास्फीति चर्किएको छ। अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च ४.२ प्रतिशत पुगेपछि केन्द्रीय बैंकले ब्याजदर घटाउने सम्भावना कमजोर बनेको छ। उच्च ब्याजदरले लगानीकर्तालाई डलरतर्फ आकर्षित गर्ने भएकाले सुनको माग घटेको हो।

विशेषज्ञहरूका अनुसार सुनलाई मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानी मानिए पनि ब्याजदर वृद्धि र बलियो अमेरिकी डलरका कारण यसको मूल्यमा दबाब परेको छ। अमेरिका–इरानबीच सम्भावित सम्झौताका समाचारपछि सुनको मूल्यमा केही सुधार देखिए पनि निकट भविष्यमा मूल्य वृद्धिको सम्भावना अझै अनिश्चित रहेको विश्लेषण गरिएको छ।

Published Date: 14 June 2026