काठमाडौँ, जेठ ३१ । आज २०८३ जेठ ३१ गते आइतबार, तदनुसार १४ जुन २०२६ । आज जेठ कृष्ण चतुर्दशी, विश्व रक्तदाता दिवस, सूर्योदय बिहान ०५:०७ बजे, सूर्यास्त साँझ १९:०० बजे ।
आजको राशिफल
मेष राशि: आज वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ । भाग्यले साथ दिने भएकाले व्यापार–व्यवसायमा वृद्धि हुने संकेत छ । आर्थिक लाभ सहज रूपमा प्राप्त हुन सक्छ । अरूको बहकाउमा नलाग्नु होला । स्थायी सम्पत्तिसम्बन्धी कार्यबाट अपेक्षित लाभ मिल्ने छ । लामो समयदेखि रहेको कुनै ठूलो समस्याको समाधान सहज रूपमा भेटिन सक्छ ।
वृष राशि: वृष राशि भएकाहरुलाई पारिवारिक सहयोग प्राप्त हुनेछ । घर–परिवारमा खुशीको वातावरण रहने छ । लेनदेनमा विशेष सावधानी अपनाउनु होला । चोटपटक वा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ । अड्किएको रकम फिर्ता प्राप्त हुने सम्भावना छ । रमाइलो यात्राको योग रहेको छ । जागिरमा सहकर्मी तथा मातहत कर्मचारीको सहयोग मिल्ने छ । शेयर बजारमा हतारमा निर्णय नगर्नु राम्रो हुनेछ ।
मिथुन राशि: मिथुन राशि भएकाहरुको सामाजिक प्रतिष्ठा बढ्ने दिन छ । जागिरमा सहकर्मीहरूको साथ र सहयोग प्राप्त हुनेछ । विलासिता तथा आरामदायी सामग्रीमा खर्च बढ्न सक्छ । जोखिमपूर्ण काम र जमानत बस्ने कार्यबाट टाढा रहनुहोला । व्यापार–व्यवसायबाट सन्तोषजनक लाभ मिल्ने छ । कार्यस्थलमा परिवर्तनसम्बन्धी योजना बन्न सक्छ ।
कर्कट राशि: कर्कट राशि भएकाहरूको धार्मिक यात्रा अथवा तीर्थदर्शनको योजना सफल हुन सक्छ । सत्संग तथा आध्यात्मिक गतिविधिबाट लाभ प्राप्त हुनेछ । जागिरमा मानसिक शान्ति रहने छ । अरूको जिम्मेवारी आफ्नो काँधमा नलिनुहोला । यात्रा सम्भव छ । व्यापार सामान्य रूपमा अघि बढ्ने छ । थकानको अनुभव हुन सक्छ ।
सिंह राशि: सिंह राशि भएकाहरूको व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ । आम्दानी स्थिर रहने छ । साथीभाइसँग रमाइलो समय बित्ने छ । चोटपटक वा दुर्घटनाबाट हानि हुन सक्ने भएकाले सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अत्यधिक विश्वास नगर्नु होला । विवादमा नपर्नु नै राम्रो हुनेछ । जोखिमपूर्ण काम तथा जमानतसम्बन्धी कार्य टार्नु उचित हुनेछ ।
कन्या राशि: कन्या राशि भएकाहरुलाई पारिवारिक सदस्यहरूको सहयोग प्राप्त हुनेछ । खुशी र उत्साह बढ्ने छ । कुनै विशेष व्यक्तिको साथले काममा सफलता मिल्ने संकेत छ । व्यापार लाभदायक रहने छ । जागिरमा मातहत कर्मचारीसँग मतभेद हुन सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । हतारमा निर्णय गर्दा नोक्सानी हुन सक्छ । आर्थिक लाभको अवसर प्राप्त हुनेछ ।
तुला राशि: तुला राशि भएकाहरूको व्यापार–व्यवसाय लाभदायक रहने छ । आम्दानी स्थिर रहने छ । जागिरमा कार्यभार बढ्न सक्छ । सहकर्मीबाट अपेक्षित सहयोग नपाउँदा तनाव बढ्न सक्छ । स्वास्थ्य कमजोर रहन सक्ने भएकाले विशेष ध्यान दिनुहोस् । अनावश्यक विवादबाट टाढा रहनु होला । खर्च बढ्न सक्छ । हतारमा कुनै महत्वपूर्ण निर्णय नगर्नु राम्रो हुनेछ ।
वृश्चिक राशि: वृश्चिक राशि भएकाहरूको घर तथा बाहिर दुवैतर्फ खुशीको वातावरण रहने छ । सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । जागिरमा तपाईंको कामको प्रशंसा हुन सक्छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । कुनै उत्सव वा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ । मनपर्ने भोजन तथा रमाइलो भेटघाटको सम्भावना छ ।
धनु राशि: धनु राशि भएकाहरुलाई जागिरमा कार्यभार बढ्न सक्छ । जोखिमपूर्ण कामबाट टाढा रहनुहोला । आर्थिक लाभ प्राप्त हुने सम्भावना छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । कानुनी झन्झट वा प्रशासनिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । अप्रिय समाचार प्राप्त हुन सक्ने भएकाले धैर्य कायम राख्नु होला ।
मकर राशि: मकर राशि भएकाहरुलाई भाग्यले साथ दिने दिन भएकाले अवसरको सही उपयोग गर्नु होला । सामाजिक प्रतिष्ठा बढ्ने छ । घर–परिवार तथा समाजमा सम्मान प्राप्त हुनेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । व्यापार सामान्य रूपमा अघि बढ्ने छ । मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ ।
कुम्भ राशि: कुम्भ राशि भएकाहरूको व्यापार–व्यवसाय लाभदायक रहने छ । घरमा शुभ अथवा मांगलिक कार्यक्रमको आयोजना हुन सक्छ । पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना छ । उत्साह बढाउने समाचार प्राप्त हुनेछ । ठूलो योजना बनाउन वा नयाँ काम प्रारम्भ गर्न प्रेरणा मिल्नेछ । आत्मसम्मान बढ्नेछ । दिनभर सकारात्मक वातावरण रहनेछ ।
मीन राशि: मीन राशि भएकाहरूको समय अनुकूल रहेको छ । रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । विरोधी पक्ष सक्रिय भए पनि तपाईं आफ्नो लक्ष्यतर्फ अघि बढ्न सफल हुनु हुनेछ । आर्थिक लाभ सहज रूपमा प्राप्त हुनेछ । कुनै महत्वपूर्ण काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ । जोखिमपूर्ण काममा सावधानी अपनाउनु होला । परिवारसँग सुखद समय बित्नेछ ।