देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, जेठ ३१ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) सँगै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा बदली र वर्षाको क्रम जारी रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा आंशिक बदली देखिए पनि सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहनेछ। त्यस्तै, बाँकी पहाडी भूभागका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। देशका बाँकी तराई क्षेत्रमा भने आज दिउँसो मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूका साथै देशका अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोही समयमा देशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्नेछ। यसका साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज रातिको मौसम भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ भने मधेस प्रदेशका पनि एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको आकलन गरिएको छ।

महाशाखाले देशका विभिन्न भागमा हुन सक्ने मेघगर्जन, चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन र हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला सबैमा विशेष आग्रह गरेको छ।

Published Date: 14 June 2026






ताजा
किकम्पा मन्टेसरीमा ‘पोषण जाँच कार्यक्रम–२०८३’ सम्पन्न
ब्राजिल विश्वकपको पहिलो खेलमा मोरक्कोसँग रोकियो, अपराजित कीर्तिमान भने कायम
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्दा कुवेती दिनार सबैभन्दा महँगो
देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न