बजेट २०८३ ले निजी क्षेत्रलाई अवसरसँगै चुनौती पनि दिएको निष्कर्ष

बजेट २०८३ ले निजी क्षेत्रलाई अवसरसँगै चुनौती पनि दिएको निष्कर्ष : Icon Khabar

भक्तपुर, जेठ ३१ । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा शनिबार “बजेट २०८३, कर नीति र निजी क्षेत्र: अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, प्रमुख वक्ता पूर्व अर्थ सचिव तथा भन्सार महानिर्देशक शिशिर ढुंगाना ज्यू, र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले आ आफ्नो विचार ब्यक्त गरेका थिए।

अन्तरक्रियामा सहभागी व्यवसायी, विभिन्न वस्तुगत संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूले बजेटका विविध पक्षबारे धारणा राख्दै निजी क्षेत्रका समस्याहरू समाधानका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रमको अध्यक्षता भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र तुबंजा श्रेष्ठले गरेका थिए।

कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, विभिन्न व्यवसायिक संघ–संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले बजेट तथा कर नीतिबारे रचनात्मक छलफल भएको भन्दै यस्ता कार्यक्रमले निजी क्षेत्रका आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

Published Date: 14 June 2026