बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौं, जेठ २७ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८७ पैसा कायम भएको छ।

यस्तै, युरोपियन देशहरूको साझा मुद्रा युरो एकको खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा रहँदा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

बैंकका अनुसार अन्य प्रमुख देशहरूको मुद्रातर्फ क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा तोकिएको छ।

यता जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा कायम हुँदा छिमेकी देश चीनको चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुकहरूको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९३ पैसा तथा संयुक्त अरब इमिरेट्स (युएई) को दिराम एकको खरिददर ४१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा तोकिएको छ।

नेपालको व्यापारिक दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण मानिने भारतीय रुपैयाँ एक सयको खरिददर स्थिर रूपमा १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको केन्द्रीय बैंकले जनाएको छ।

Published Date: 10 June 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु