देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा अत्यधिक गर्मी

देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा अत्यधिक गर्मी : Icon Khabar

काठमाडौं, जेठ २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ भने तराईका भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। वर्षाको सम्भावना रहे तापनि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा भने तातो हावा चल्ने र अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको छ।

महाशाखाका अनुसार आज रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहनेछ। राति मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा मौसम प्रभावित हुने देखिन्छ।

यसका साथै कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भूभाग, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Published Date: 10 June 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु