बुधबार सुनको मूल्यमा उच्च गिरावट , प्रतितोला १० हजार बढीले घट्यो

बुधबार सुनको मूल्यमा उच्च गिरावट , प्रतितोला १० हजार बढीले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २७ । बुधबार स्थानीय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य एकैदिन १० हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार उक्त गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन भने सुनको मूल्य २ हजार रुपैयाँले बढ्दै प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य प्रतितोला २ लाख ५० हजार १७० रुपैयाँ पुगेको छ ।

यो दिन सुनसँगै चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ आज १८५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ७४० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको भारी गिरावटका कारण नेपाली बजारमा समेत सुनको भाउ आज प्रभावित बन्न पुगेको हो । मध्यपूर्वमा इरान अ‍ेमेरिकाबीच पुनः चर्किएको विवाद तथा डलर बलियो बनेसँगै सुनको भाउ विश्वबजारमा आज करिब २ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य १.७९ प्रतिशत अर्थात ७६.७४ डलरले घट्दै प्रतिऔंस ४ हजार १८५ डलरमा सीमित बनेको छ । जुन मार्च २३ यताकै सबैभन्दा कमजोर स्तर हो।

Published Date: 10 June 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु