आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २७ । आज २०८३ जेठ २७ गते बुधबार, तद्अनुसार १० जुन २०२६ । आज अधिक जेठ कृष्ण दशमी, आयुष्मान वणिज उत्तरभाद्र, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझः १८ः५९ बजे ।

आजको राशिफल

मेष राशि: मेहनतको फल प्राप्त हुनेछ । सामाजिक कार्यमा चासो रहने छ । मान–सम्मान प्राप्त हुनेछ । व्यवसायाबाट लाभ हुनेछ । कुनै प्रभावशाली व्यक्तिसँग परिचय बढ्ने छ । मनोरञ्जनात्मक यात्राको योजना बन्न सक्छ । शुभ रंगः पहेँलो, शुभ अंकः ९

वृष राशि: टाढाबाट सुखद समाचार प्राप्त हुन सक्छ । घरमा पाहुनाको आगमन हुनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । ठूलो काम गर्ने इच्छा जाग्ने छ । परिवारको सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ । बुद्धिको प्रयोग गर्दा लाभ बढ्ने छ । साथीहरूसँग राम्रो समय बित्ने छ । शुभ रंगः आकाशे, शुभ अंकः ५

मिथुन राशि: मिथुन राशि भएकाहरुको नयाँ व्यापारिक सम्झौता हुनेछ । नयाँ योजना बन्ने छ । मान–सम्मान प्राप्त हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । झगडाबाट बच्नु होला । कार्यमा सफलता मिल्ने छ । कपडा–गहनाको लाभ हुने योग छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरुको यात्रा सफल हुनेछ । विवाद नगर्नु होला । देव दर्शन हुनेछ । सरकार अथवा राज्यबाट लाभ हुने सम्भावना । धन प्राप्तिको सम्भावना छ । पुराना साथीसंग भेटघाट हुनेछ । शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरुकाले प्रेम सम्बन्धमा जोखिम नलिनु होला । सवारी अथवा मेशिनरी प्रयोग गर्दा सावधानी अपनाउनु होला । लाभ हुनेछ । स्वास्थ्य सामान्य रहने छ । राज्य अथवा सरकारबाट लाभ हुनेछ ।शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरुको समस्या समाधान हुनेछ । नयाँ सम्पर्कहरू बढ्ने छन् । हतारमा निर्णय नगर्नु होला । परिवारबाट सहयोग मिल्ने छ । शुभ रंगः गुलावी, शुभ अंकः ६

तुला राशि: तुला राशि भएकाहरुको पुराना समस्या समाप्त हुनेछन् । सामाजिक प्रभाव बढ्ने छ । मूल्यवान वस्तु हराउन सक्छ । नयाँ काम थाल्ने अनुकूल समय छ । परिवारसँग समय बिताउनु लाभदायक हुनेछ । शुभ रंगः नीलो, शुभ अंकः ७ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुको नयाँ ज्ञानले जीवन व्यवस्थित बनाउने छ । बजेटमा ध्यान दिनु होला । अधुरा काम पूरा गर्ने समय हो । पारिवारिक माहोल राम्रो रहने छ । शुभ रंगः सेतो, शुभ अंकः ५

धनु राशि: धनु राशि भएकाहरुको प्रारम्भमा समस्या भए पनि पछि सुधार आउने छ । अत्यधिक सोचले अवसर गुम्न सक्छ । कामको बोझ बढ्ने छ तर आम्दानी पनि बढ्ने छ । जीवनसाथीको साथ मिल्ने छ । शुभ रंगः बदामी, शुभ अंकः २

मकर राशि: मकर राशि भएकाहरुलाई मित्रको सहयोग गर्दा सन्तुष्टि मिल्ने छ । हतारमा निर्णय नगर्नु होला । मिडिया र टेक्नोलोजी क्षेत्रमा अवसर हुनेछ । सामान्य विवाद हुन सक्छ । प्रदूषणबाट बच्नु होला । शुभ रंगः हरियो, शुभ अंकः १

कुम्भ राशि: कुम्भ राशि भएकाहरुको आर्थिक सुधार हुनेछ । पारिवारिक सहयोग मिल्ने छ । दस्तावेजको सुरक्षा गर्नु होला । विस्तारका लागि राम्रो समय । परिवारमा खुशीको माहोल रहने छ । स्वास्थ्य राम्रो रहने छ । शुभ रंगः पहेँलो, शुभ अंकः ४

मीन राशि: मीन राशि भएकाहरुले मेहनतको राम्रो फल पाउने छन् । जिद्दी स्वभावले समस्या ल्याउन सक्छ । नयाँ अवसरहरू आउने छन् । सम्बन्धमा दूरी आउन सक्छ । जोर्नी दुखाइ हुन सक्छ । शुभ रंगः केशरी, शुभ अंकः ७

Published Date: 10 June 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु