मंगलबार पनि नेप्से परिसूचकमा गिरावट

मंगलबार पनि नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौँ, जेठ २६ । सेयरबजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । आज नेप्से १.५४ अंकले घटेर २ हजार ७३३.५९ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५७ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १०३ कम्पनीका सेयरमूल्य बढेका छन् भने १५२ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड २३ लाख ७९ हजार ६७० कित्ता सेयर ६ अर्ब ४४ करोड १७ लाख ६० हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा ५८ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील तथा प्रशोधन र अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् ।

वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहका परिसूचक भने ओरालो लागेका छन् । सोपान फर्मास्युटिकल्स्, कालिञ्चोक हाइड्रोपावर तथा सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा बढी कमाउका छन् । सबैभनदा बढी गुमाउनेमा भने क्रेष्ट माइक्रो लाईफ इन्सुरेन्स कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था तथा हिमालयन बैंक लिमिटेडको बोण्डमा लगानीकर्ता रहेका छन् ।

Published Date: 09 June 2026