वैदेशिक अध्ययनका लागि बैंक ब्यालेन्स देखाउन थप सहज

वैदेशिक अध्ययनका लागि बैंक ब्यालेन्स देखाउन थप सहज : Icon Khabar

काठमाडौं, जेठ २६ । नेपाल राष्ट्र बैंकले वैदेशिक अध्ययनका लागि आवश्यक बैंक ब्यालेन्स देखाउन थप सहजीकरण गरेको छ। केन्द्रीय बैंकले विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीका लागि आवश्यक विदेशी मुद्राभन्दा अधिकतम ५ प्रतिशतसम्म थप रकम खातामा राख्न तथा पठाउन अनुमति दिएको हो।

विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले विनिमय दरको उतारचढाव तथा सम्बन्धित मुलुकका निकायले माग गरेको अवस्थामा अतिरिक्त ५ प्रतिशतसम्म विदेशी मुद्रा उपलब्ध गराउन सकिने व्यवस्था गरेको जनाएको छ।

साथै, डिजिटल हस्ताक्षरद्वारा प्रमाणित कागजातलाई समेत मान्यता दिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार विद्यार्थीहरूले निर्वाह खर्चका लागि २,५०० देखि ५,००० अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्नेछन्।

Published Date: 09 June 2026