वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ

वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ : Icon Khabar

काठमाडौं, जेठ ८ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६ जना, कोशी प्रदेशबाट ३२६ जना, मधेश प्रदेशबाट ७३० जना, बागमती प्रदेशबाट १९९ जना, गण्डकी प्रदेशबाट २०४ जना, लुम्बिनी प्रदेशबाट ३३० जना, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना पक्राउ परेका हुन् ।

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ ।

साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रूपैयाँ जरिवाना असुल उपर गरिएको छ ।

Published Date: 22 May 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली