‘देशकै उत्कृष्ट’ भनिएको भक्तपुर अस्पतालमै सेवाग्राहीको गुनासोको चाङ, कर्मचारी व्यवहारदेखि उपचार प्रणालीसम्म प्रश्न

‘देशकै उत्कृष्ट’ भनिएको भक्तपुर अस्पतालमै सेवाग्राहीको गुनासोको चाङ, कर्मचारी व्यवहारदेखि उपचार प्रणालीसम्म प्रश्न : Icon Khabar

भक्तपुर, जेठ ८ । भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषणा भएपछि सामाजिक सञ्जालमा धेरै नागरिकहरूले अस्पतालको सेवा, व्यवस्थापन र कर्मचारी व्यवहारप्रति गुनासो तथा सुझाव व्यक्त गरेका छन् ।

धेरै सेवाग्राहीहरूले काउन्टरमा स्पष्ट जानकारी नदिने, “अहिले बिमा चल्दैन, नगद तिर्नुपर्छ” भन्दै लामो समय कुराउने, औषधि उपलब्ध नभएको जानकारी ढिलो दिने जस्ता समस्या रहेको बताएका छन् ।

त्यस्तै, परीक्षण रिपोर्ट समयमा नआउने, एउटा टेस्ट आज र अर्को भोलि गराउँदा सामान्य उपचारमै २–३ दिन लाग्ने गरेको गुनासो समेत व्यापक देखिएको छ । केहीले आकस्मिक कक्षबाट बिलिङ गर्न पठाउँदा “सिस्टम ह्याङ भयो” भन्दै घण्टौँ कुराउनुपर्ने अवस्था रहेको बताएका छन् ।

सेवाग्राहीहरूको मुख्य असन्तुष्टि अस्पतालभन्दा पनि केही कर्मचारीको व्यवहारप्रति देखिएको छ । “सरकारी जागिर भएकै कारण काममा जिम्मेवारी कम देखियो” भन्ने प्रतिक्रिया समेत सामाजिक सञ्जालमा आएका छन् ।

अर्कोतर्फ, कतिपय बिरामीहरूले गम्भीर स्वास्थ्य समस्यामा समेत पर्याप्त जाँचबुझ नगरी छिटो औषधि मात्रै लेख्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यद्यपि अस्पतालले धेरै क्षेत्रमा सुधार गरेको र सेवा विस्तार सकारात्मक रहेको प्रतिक्रिया पनि आएका छन् । नागरिकहरूले अब अस्पताल प्रशासनले यस्ता गुनासा र सुझावलाई गम्भीर रूपमा लिएर सेवा प्रवाह, कर्मचारी व्यवहार, परीक्षण प्रक्रिया र औषधि व्यवस्थापनमा सुधार गर्नुपर्ने बताएका छन् ।

Published Date: 22 May 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली