भक्तपुर, वैशाख २५ । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा सञ्चालन भएको एक महिने आधारभूत ब्युटी पार्लर तालिम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीलाई सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गरिएको थियो। साथै उद्योग दर्ता, सहुलियतपूर्ण कर्जा, प्रविधि हस्तान्तरण तथा उद्यमी सम्मानजस्ता सरकारी सुविधाबारे जानकारी दिइयो।
कार्यक्रममा ब्युटी पार्लर व्यवसाय कानुनी प्रक्रियाभित्र सञ्चालन गर्न, गुणस्तरीय सामग्री प्रयोग गर्न र म्याद नाघेका सामानप्रति सचेत रहन सुझाव दिइयो। प्रशिक्षकले सहभागीहरूको अनुशासन र लगनशीलताको प्रशंसा गर्दै आवश्यक प्राविधिक सहयोग जारी राख्ने बताए।
सहभागीहरूले छोटो समयमै धेरै सीप सिक्न पाएको अनुभव साझा गर्दै एडभान्स तालिमको माग गरेका थिए। संघले आगामी दिनमा पनि यस्ता तालिम र कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
Published Date: 08 May 2026