संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय : Icon Khabar

काठमाडौँ, वैशाख २५ । मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।

Published Date: 08 May 2026