अमेरिकाद्वारा इरानका सैन्य ठेगानामाथि पुन: बमबारी

अमेरिकाद्वारा इरानका सैन्य ठेगानामाथि पुन: बमबारी : Icon Khabar

काठमाडौं, वैशाख २५ । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ ।

उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै ईरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए । तर अमेरिकाको इरानमाथि पुन: आक्रमण गरेको समाचार सार्वजनिक भएको हो ।

अमेरिकी सेन्ट्रल कमाण्डले भने अमेरिकी नौसेनाको टोली ओमानको खाडीतर्फ अघि बढिरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । सेन्ट्रल कमाण्डको वक्तव्यमा लेखिएअनुसार, अमेरिकी जहाजहरू उक्त क्षेत्रमा गुज्रिरहेका बेला ईरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेका थिए ।

Published Date: 08 May 2026


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु