शुक्रबार पनि सुनको मूल्य बढ्यो

शुक्रबार पनि सुनको मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख २५ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।
पछिल्ला दुई दिनमा उल्लेख्य वृद्धि भएको सुनको भाउ आज फेरि प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो।

आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन १ हजार ८ सय रुपैयाँ र बुधबार ५ हजार ८ सय रुपैयाँले महँगिएको थियो।

तीन दिनको अवधिमा मात्रै सुनको मूल्य कुल ८ हजार ९ सय रुपैयाँले बढिसकेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज उकालो लागेको छ। प्रतितोला १२० रुपैयाँले बढेर चाँदीको भाउ ५ हजार २७५ रुपैयाँ पुगेको छ।

हिजो चाँदी ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य मानिन्छ।

यस्तै, माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन अहिलेसम्मकै ठूलो गिरावट हो। तर, माघ १५ गते नै चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन यसको सबैभन्दा उच्च रेकर्ड हो।

Published Date: 08 May 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी